गृहपृष्ठ खबर बुटवलका मेयर सुवेदीमाथि आक्रमण गर्ने युवा पक्राउ

बुटवलका मेयर सुवेदीमाथि आक्रमण गर्ने युवा पक्राउ

प्रकाशित मिति:

बुटवल : बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीमाथि आक्रमण गर्ने गणेश पंगेनी पक्राउ परेका छन्। उनले सोमबार पहिरो प्रभावित क्षेत्र निरीक्षण गर्न ज्योतिनगर पुगेका सुवेदीमाथि आक्रमण गरेका थिए। उनलाई पक्राउ गरि ईलाका प्रहरी कार्यालय बुटवलमा राखिएको छ ।

पंगेनीमाथि दुर्व्यवहार वा शान्ति सुरक्षासम्बन्धी मुद्दामा कारबाही हुने प्रहरीले जनाएको छ। पंगेनी लुम्बिनी वाणिज्य क्याम्पसमा अध्ययनरत अनेरास्ववियू जिल्ला कमिटी सदस्य हुन्।

सम्बन्धित् समाचार