गृहपृष्ठ खबर आफूमाथि आक्रमण गर्ने यूवालाई छाड्न बुटवलका प्रमुख सुवेदीको आग्रह

आफूमाथि आक्रमण गर्ने यूवालाई छाड्न बुटवलका प्रमुख सुवेदीको आग्रह

प्रकाशित मिति:

बुटवल : बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले आफूमाथि आक्रमण गर्ने युवालाई छाड्नका लागि प्रहरी कार्यालयलाई आग्रह गरेका छन् । आफूमाथि आक्रमण भएपछि पक्राउ परेका युवा गणेश पङ्गेनीलाई तत्काल छाड्नका लागि प्रमुख सुवेदीले जिल्ला प्रहरी कार्यालय रुपन्देही र इलाका प्रहरी कार्यालय बुटवललाई आग्रह गरिएको जानकारी गराए ।

सोमबार विहान बुटवल–३ ज्योतिनगरको पहिरो प्रभावित क्षेत्रको अवलोकन गर्ने क्रममा पङ्गेनीले बुटवल उपमहानगरका प्रमुख सुवेदीमाथि एक्कासी आक्रमणको प्रयास गरेका थिए । सुवेदीले आफ्नो कसैप्रति आग्रह–पूर्वाग्रह नभएको जनाउँदै विपद्मा परेका जनताहरुमा आउने आक्रोसलाई स्वाभाविक मानेको बताए ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक मनोज केसीले भने पक्राउ गरिएका व्यक्तिको बारेमा आवश्यक अनुसन्धान अघि बढ्ने प्रतिक्रिया दिएका छन् । पक्राउ परेका पङ्गेनीलाई रिहा गर्ने बारेमा बुटवल उपमहानगरका प्रमख सुवेदीसँग कुराकानी भएको बारे आफूलाई जानकारी नभएको बताउँदै उनले सो कुरा बताएका हुन् ।

सम्बन्धित् समाचार