सागर वि.क. (वैखरी अनलाईन) : लायन्स क्लब कपिलवस्तु दिदीबहिनीले पहिलो स्थापना दिवस मनाएको छ । सामाजिक क्षेत्रमा कार्य गर्दै अघि बढिरहेको यस संस्थाले पहिलो स्थापना दिवस बाणगंगा १ दरखास्तस्थित एक होटलमा मनाएको हो । स्थापना दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन क्लब कि संस्थापक अध्यक्ष लक्ष्मी गैरेले लायन्स क्लब कपिलवस्तु दिदीबहिनीले समाजमा दिदीबहिनीमाथि हुने गरेका हिंसाको अन्त्यसंगै हकअधिकारको पक्षमा वकालत गर्दै जानुपर्नेमा जोड दिनुभएको थियो ।
कार्यक्रमको प्रमुख अतिथि समेत रहनुभएकी गैरेले समाजलाई सहि दिशा तर्फ उन्मुख गर्नका लागी क्लवले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो । लायन्स क्लब कपिलवस्तुका अध्यक्ष धातानन्द भुसालले क्लवलाई स्थापना दिवसको शुभकामना दिदै छोटो समयमै क्लवले सामाजिक तथा मानवीय क्षेत्रमा अग्रसर भई काम गरेर जनतासमक्ष चिरपरिचित हुन सफल भएको बताउनुभयो ।
यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै लायन्स क्लब कपिलवस्तु दिदीबहिनी बर्ष २१÷२२ कि अध्यक्ष सबिता पौडेल सापकोटाले क्लवको स्थापना दिवसको शुभकामना व्यक्त गर्दै आगामी दिनमा क्लवको कार्ययोजनालाई सफल पार्न आफ्नो सम्पूर्ण ध्यान केन्द्रित हुने बताउनुभयो । कार्यक्रमकी अध्यक्ष समेत रहनु भएकी सापकोटाले क्लव स्थपना गर्नुको औचित्य पुष्टि गर्न समाजमा सकारात्मक परिवर्तनका लागी काम गर्नु पर्ने बताउनुभयो ।
यस्तै कार्यक्रममा क्लवका अन्य दिदिबहिनि समेत आआफ्ना धारणा प्रस्तुत गर्दै सामाजिक काममा अग्रसर हुने र एक अर्का बीच हातेमालो गर्दै आगडी बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए । क्लवकी प्रथम उपाध्यक्ष अनिता जि.सि.को स्वागत मन्तव्य रहेको कार्यक्रम पुर्णिमा रेग्मीको संचालकमा सम्पन्न भएको हो ।