गृहपृष्ठ खबर बाणगंगाको बनगाईमा ४५ हजार नगदसहित ६ आनाको गहना चोरी

बाणगंगाको बनगाईमा ४५ हजार नगदसहित ६ आनाको गहना चोरी

प्रकाशित मिति:

वैखरी अनलाईन : मंगलबार राति कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं.७ वनगाईको एक घरमा चोरी भएको छ । बनगाई निवासी सूर्य खत्रीको घरमा चोरी भएको ईलाका प्रहरी कार्यालय पिपराले जानकारी दिएको छ ।

प्रहरीका अनुसार चोरले घरबाट ४५ हजार नगदसंगै एउटा मोवाईल र ६ आना सुनको घाँटीमा लगाउने गहना चोरी गरेको छ । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित् समाचार