गृहपृष्ठ खबर तौलिहवामा दिगो विकास लक्ष्यको स्थानीयकरण र यसको तादम्यता सम्बन्धी अन्तरक्रिया

तौलिहवामा दिगो विकास लक्ष्यको स्थानीयकरण र यसको तादम्यता सम्बन्धी अन्तरक्रिया

प्रकाशित मिति:

कपिलवस्तु : शिक्षाका लागि राष्ट्रिय अभियान जिल्ला समन्वय समिति कपिलवस्तुले दिगो विकास लक्ष्य सप्ताहको अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । जिल्ला सदरमुकाम तौलिहवामा अभियानका सदस्य संस्थाहरुका प्रमुख तथा प्रतिनिधिहरुसंग दिगो विकास लक्ष्य ४ को स्थानीयकरण र स्थानीय निति निर्माणमा यसको तादम्यता सम्बन्धी अन्तरक्रिया गरिएको थियो ।

अन्तरक्रिया कार्यक्रममा कालिका स्वालम्बन सामाजिक विकास केन्द्रको तर्फबाट अर्जुन थापाले दिगो विकासका १७ वटा लक्ष्य मध्ये चौथो लक्ष्य अन्तर्गत गुणस्तरिय शिक्षाको बारेमा विस्तृत जानकारी गराएका थिए । प्रस्तुतीकरणको क्रममा गुणस्तरिय शिक्षाको वर्तमान अवस्था, यो पुर्ण रुपमा लागु हुनुपर्ने कारणहरु, यसबाट हुने फाईदाहरुको बारेमा स्पष्ट पारेका थिए । शिक्षालाई गुणस्तरिय बनाउनका लागि स्थानिय पालिकाहरुको भुमिका कस्तो हुनुपर्ने, यसका लागि विभिन्न सामाजिक संघ संस्थाको समन्वय हुन आवश्यक रहेको कार्यक्रममा सहभागि सरोकारवालाहरुले बताएका थिए ।

विशेष गरि अब दिगो विकासलाई स्थानीयकरण गर्नका लागि यहाँका स्थानीय तहहरुले आवश्यक बजेटको व्यबस्थापन गरि वृहत योजना निर्माण गर्न आवश्यक रहेकोमा अन्तरक्रिया कार्यक्रममा जोड दिईएको थियो ।

सम्बन्धित् समाचार