काठमाडौं : चर्चित गायीका इन्दिरा जोशीले इन्गेमेन्ट गरेकी छन् । फेसन डिजाइनर शरद केडियासँग खुम्बुमा पुगेर इन्गेजमेन्ट गरेकी हुन् ।सगरमाथा आधार शिविरमा बिहीवारदेखि सुरु भएको माउन्ट एभरेस्ट फेसन रनवेमा भाग लिन पुगेका इन्दिरा र शरदले इन्गेजमेन्ट गरेका हुन् ।
उनीहरु हेलिकोप्टरमार्फत खुम्बु पुगेका थिए । अहिले पनि उनीहरु त्यही क्षेत्रमा छन् । शरदले इन्दिरालाई औंठी लगाइदिएको भिडियो समेत सार्वजनिक भएको छ। शरदले घुँडा टेकेर इन्दिरालाई औंठी लगाइदिएका छन् भने इन्दिराले खुशि हुँदै स्वीकारेकी छिन् ।
इन्दिराले फेसबुकमा लेखेकी छन् ‘उनले सोधे के तिमी विवाह गछौं, अनि मैले भने एस , म तिमीलाई माया गर्छु सरद।’ उनीहररु केही समययता ‘डेट’ गर्दै आएको भनिएपनि इन्दिराले प्रेम प्रस्ताव स्वीकार नगरेर विवाह स्वीकार गरेको बताएकी छन् ।