बुटवल : रुपन्देहीमा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चन गाउपालिका(४ का ४६ वर्षिय रण बहादुर बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता सत्यनारायण थापाले बताए ।
शुक्रबार बिहान घर बनाउनका लागि फलामको छड काट्ने क्रममा विद्युतको हाईटेनसन तारमा छड छोइएर उनलाई करेन्ट लागेको थियो ।
करेन्ट लागेर घाइते भएका बस्नेतको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको हो ।