गृहपृष्ठ खबर लक्ष्मणघाट सामाजिक विकास संस्थाको अध्यक्षमा पौडेल

लक्ष्मणघाट सामाजिक विकास संस्थाको अध्यक्षमा पौडेल

प्रकाशित मिति:

कपिलवस्तु : लक्ष्मणघाट सामाजिक विकास संस्थाको चौथो साधारणसभा तथा दोस्रो अधिवेशनबाट नयाँ कार्यसमिति चयन भएको छ । लामो समय देखि सामाजिक क्षेत्रमा क्रियाशिल रहेको लक्ष्मणघाट सामाजिक विकास संस्थाको आगामी नेतृत्वका लागि ओमप्रकाश पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति सार्वजनिक गरीएको छ ।

समितिको उपाध्यक्षमा थानेश्वर अधिकारी, सचिवमा सन्दिप न्यौपाने, कोषाध्यक्षमा अञ्जित खनाल र सह सचिवमा सरिता थारु चयन भएका छन् । यस्तै समितिको सदस्यहरुमा दिनेश चौधरी, विनोद खनाल, मिना आले, भोजराज बञ्जाडे, नमराज शर्मा, सीता थारु गरी एघार सदस्यीय समिति गठन गरिएको हो ।

कार्यक्रममा संस्थाका वार्षिक गतिविधि पूर्व सचिव थानेश्वर अधिकारीले सार्वजनिक गरेका थिए भने संस्थाका कोषाध्यक्ष सन्दिप न्यौपानेले वार्षिक आर्थिक प्रतिवेशन प्रस्तुत गरेका थिए ।

सम्बन्धित् समाचार