काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्कामा कोरोना संक्रमण पुष्टि भएको छ। महामन्त्री खड्काले सामाजिक सञ्जालमार्फत आफूलाई संक्रमण पुष्टि भएको जानकारी दिएका हुन्।
आइतबार बिहान गरिएको परीक्षणमा आफूमा कोरोना पजिटिभ पुष्टि भएको खड्काले उल्लेख गरेका छन्। एन्टिजेन र पिसिआर परीक्षण गराउँदा दुवैमा उनमा कोरोना पजिटिभ देखिएको हो।
उनले असोज ८ गते ४ बजेदेखि ज्वरो, खोकीलगायतका स्वास्थ्य समस्या देखिएकाले सम्पर्कमा आएकाहरूलाई सजग रहन आग्रह गरेका छन्।