गृहपृष्ठ खबर ८ सय ३४ कोरोना संक्रमित थपिए, ९ जनाको मृत्यु

८ सय ३४ कोरोना संक्रमित थपिए, ९ जनाको मृत्यु

प्रकाशित मिति:

काठमाडौं : १३ हजार ७३६ नमूना परीक्षणमा ८ सय ३४ जनामा कोरोना भाइरस ९कोभिड(१९० संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा ८ हजार ५८९ नमूनाको पीसीआर र ५ हजार १४७ नमूनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो। जसमध्ये पीसीआर विधिबाट ७ सय ३० र एन्टिजेन विधिबाट १०४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस्तै पछिल्लो २४ घन्टामा कोरोनाबाट थप ९ जनाको मृत्यु भएको छ।

यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११०९६ पुगेको हो। मन्त्रालयका अनुसार आइबार थप १२ सय ७९ जना कोरोनामुक्त भएका छन्।

कोरोनाका सक्रिय संक्रमितको संख्या १९ हजार १४२ पुगेको छ। मन्त्रालयका अनुसार संक्रमित ३६८ जनाको भेन्टिलेटरमा र १२० जनाको आइसीयूमा उपचार भइरहेको छ। पछिल्लो २४ घन्टामा १०२३०१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।

सम्बन्धित् समाचार