गृहपृष्ठ खबर बुटवलमा देशकै पहिलो र नमुना ढुवानी ग्राम निर्माण

बुटवलमा देशकै पहिलो र नमुना ढुवानी ग्राम निर्माण

प्रकाशित मिति:

बुटवल : बुटवलमा देशकै पहिलो र नमुना ढुवानी ग्राम निर्माण भएको छ । बुटवल उपमहानगरपालिकाको वडा नं। १२ ढवाहामा ट्रान्सपोर्ट भिलेज अर्थात् ढुवानीग्राम निर्माण भएको हो । उपमहानगरले निजी क्षेत्र संगको सहकार्यमा मुलुककै नमुना आयोजनाका रुपमा यसलाई सञ्चालनमा ल्याउँदैछ ।

बुटवलको ब्यस्त सहरी क्षेत्रमा हेवी लोडका सवारीसाधनलाई छिर्न नपर्ने र ट्राफिक अवस्था व्यवस्थित गर्न अलग्गै ढुवानी ग्राम बनाएको हो । सार्वजनिक निजी क्षेत्रको साझेदारीको योजना अनुसार रुपन्देही परिवहन प्रालिसँगको सहकार्यमा उपमहानगरले ढुवानीग्रामको कामलाई बहुवर्षीय योजनाको रूपमा अगाडि सारेको थियो ।

मुलुकको आर्थिक केन्द्रका रुपमा रहेको बुटवलको आर्थिक गतिविधिलाई अझ सहज, व्यवस्थित र सुरक्षित बनाउने उद्देश्यले नमुना ढुवानी ग्राम निर्माण गरिएको उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले जानकारी दिए ।

सम्बन्धित् समाचार