गृहपृष्ठ खबर अनाथको लागि भन्दै गैरकानुनी रुपमा पैसा उठाउने दुई महिला बाणगंगाबाट पक्राउ

अनाथको लागि भन्दै गैरकानुनी रुपमा पैसा उठाउने दुई महिला बाणगंगाबाट पक्राउ

प्रकाशित मिति:

कपिलवस्तु : अनाथ र असहायको लागि भन्दै गैरकानुनी रुपमा पैसा उठाउने दुई जना महिला कपिलवस्तुको बाणगंगाबाट पक्राउ परेका छन् । संयुक्त नेपाल अनाथ तथा असहाय बालबालिका समाज काठमाण्डौँको नाममा वडा नम्बर १ वैरियामा सहयोग संकलन गरिरहेको अवस्थामा चितवन घर भएका २ युवतीलाई इलाका प्रहरी कार्यालय पिपराले रंगे हात पक्राऊ गरेको हो । यसरी पक्राउ पर्नेमा पश्चिम नवलपरासी स्थायी घर भएकी शान्ति पौडेल र उनीसंगै रहेकी की १७ बर्षकी बालिका रहेका छन् ।

वैरियाका एक जना ब्यापारीसंग पैसा संकलन गरेपछि उनीहरु अरु सहयोग उठाउन बजार र गाउँगाउँ छिरेका थिए । शंका लागेर ती ब्यापारीले रसिदमा उल्लेख गरिएको संस्थामा फोन गरेर बुझ्दा ती युवतीले त्यहाँका कर्मचारी नभएको पाइयो ।

त्यसपछि उनले यस्तो भयो भन्दै संचारकर्मीलाई जानकारी दिए । संचारकर्मीले यस घटनाबारे प्रहरीलाई जानकारी दिएपछि ती महिलाई वैरियामा खाजा खाँदै गर्दा पक्राऊ गर्न सफल भएको पिपरा प्रहरीका प्रहरी निरिक्षक दिनेश गुरुङले जानकारी दिनुभयो ।

पक्राउपछि भएको अनुसन्धानका लागि प्रहरिले आवश्यक प्रक्रिया अगाडि बढाएको छ । रसिदमा भएको नाममा फोन गरी बुझ्दा नीजहरु त्यहाँको कर्मचारी नभएको र उनीहरुले गलत धन्दा गरेको प्रमाणित भएपछि समातेको एक दिनपछि ७ दिनको म्याद थप गरेर ती महिलाविरुद्ध मुद्धा चलाई थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

विषय साधारणजस्तो देखिए पनि धार्मिक संस्थाको नाममा यस्तो धन्दा धेरै ठाउँ भइरहेको भन्दै यस्तो प्रवृत्तिलाई निरुत्साहित गर्न पनि आफूले कडा कदम चालेको इन्स्पेक्टर गुरुङले बताउनु भयो । यस धन्दामा अरु पनि संलग्न हुन सक्ने भन्दै थप अनुसन्धान भइरहेको उहाँको भनाई छ ।

सम्बन्धित् समाचार