गृहपृष्ठ खबर न्यूयोर्कमा परराष्ट्र मन्त्रीको सम्बोधन- अफगानिस्तानमा शान्ति र स्थायित्वका लागि आह्वान

न्यूयोर्कमा परराष्ट्र मन्त्रीको सम्बोधन- अफगानिस्तानमा शान्ति र स्थायित्वका लागि आह्वान

प्रकाशित मिति:

काठमाडौं : नेपालले अन्तर्राष्ट्रिय मञ्चमा अफगानिस्तान लगायतका देशमा भइरहेको राजनीतिक संकटको बारेमा चासो व्यक्त गरेको छ। राष्ट्रसंघको महासभाको ७६ औं सत्रमा सम्बोधन गर्दै परराष्ट्रमन्त्री डाक्टर नारायण खड्काले अफगानिस्तान, म्यानमार, लिविया, सिरिया, यमनसहित खाडीका देशहरुमा भइरहेको राजनीतिक अवस्थाप्रति चासो व्यक्त गरेका हुन्।

‘अफगानिस्तानको पछिल्लो विकासक्रम हामी सबैको साझा चासो हो। अफगानिस्तानका जनताहरु अझै राम्रो पाउन योग्य छन्। हामी बिना रोकटोक मानवीय सहायताका लागि आह्वान गर्छौँ,’ उनले भने, ‘अफगान समाजमा जनसेवाका कामहरुको पूर्ण सञ्चालन, जनस्वास्थ्य, शिक्षाका सबै शाखहरुको सञ्चालनका लागि आह्वान गर्छौँ।’

उनले सबैपक्षलाई शान्ति सुरक्षा र स्थायित्व सुनिश्चितताका लागि आह्वान गर्दै अफगान जनतालाई आफ्नो गौरव पूर्ण जीवन जिउन तथा उनीहरुको मौलिक अधिकार र स्वतन्त्रताको महसुस गराउन आग्रह गरे।

उनले म्यानमारका सरोकारवाला पक्षसँग जनताको चाहनाको सम्मान गर्दै प्रजातन्त्रको पुनर्स्थापना र संवैधानिक प्रक्रियबाट अगाडि बढ्न आह्वान गर्दै म्यानमारका जनताका मौलिक अधिकार र स्वतन्त्रताको सम्मान गर्न आग्रह गरे।

उनले शान्ति सुरक्षा तथा स्थायित्वको सुनिस्चितता र नागरिकको मौलिक अधिकार तथा स्वतन्त्रता रक्षाका लागि सबैपक्षसँग आग्रहसमेत गरेका छन्।

परराष्ट्रमन्त्री खड्काले नेपालको शान्ति, सुरक्षा, निसश्त्रिकरण, आतंकवाद, मानवअधिकार, दीगो विकास, जलवायु परिवर्तनका विषयमा सैद्धान्तिक अडान कायम रहेको भन्दै सबै प्रकारका आतंकवाद र अभिव्यक्तिहरुको भत्सर्ना गरे। उनले आम ध्वंन्सका लागि प्रयोग हुने हतियारहरुको निसत्रिकरणका लागि आह्वान गरे।

सम्बन्धित् समाचार