कपिलवस्तु : ‘कपिलवस्तुमा शिक्षकहरु निर्वाचन गराउन मस्त : बिधार्थीहरु माछा मार्न व्यस्त’ यो उखान होईन कपिलवस्तुको शिवराज नगरपालिकाका एउटा विधालयको यथार्थता हो। ६ जना शिक्षक नेपाली काँग्रेसको निर्वाचनमा खटिएपछि पढाइ प्रभावित भएसंगै विधार्थी माछा मार्न पुगेका पुस्टि भएको हो।
कोभिडका कारण बन्द भएको बिद्यालयमा भौतिक दुरी कायम गरि पढाइ संचालन हुँदै गर्दा बिद्यालय बन्द गरि काँग्रेसको अधिवेशनमा सहभागी भएको पाईएको छ।
स्रोतका अनसार नेपाल आदर्श माध्यमिक बिद्यालय शिबपुरका ६ जना शिक्षक नै अधिवेशन गराउन खटिएका थिए। उनीहरू विहिवार तौलिहवामा हुने सपथपछि वाल्ल विधालय फर्कने वताईएको छ।
विद्यालयका प्रधानाध्यापक मुक्ति पोखरेल सहित शिक्षक मोहन पाण्डे , कमल पौडेल, जीवन खनाल , भिमार्जुन पौडेल, लिला बहादुर घ.म.काँग्रेस अधिवेशन मै व्यस्त भएका हुन।
एउटै बिद्यालयका धेरै शिक्षक राजनैतिक दलको कार्यक्रममा सहभागी हुदा नगरपालिका समेत मौन बसेको छ।
यसैगरि नेपाल राष्ट्रिय मा.बि. चनौटाका प्र.अ. बल देव लामिछाने मगर, मैनार प्रा बि का प्र. अ. देब बहादुर जि सि, सरस्वती नि मा बि का शिक्षक डिला राम गैरे सहित अन्य विद्यलयका शिक्षकहरू पढाइ ठप्प गरि काँग्रेशको निर्वाचनमा खटिएका थिए।
शिक्षा विकास तथा समन्वय इकाइको मिति २०७८-०६-०७ गतेको विज्ञप्ती अनुसार सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरू विभिन्न राजनितिक पार्टीमा सम्लग्न सक्रियरूपमा पार्टीको कार्यकारी पदमा रहि काम गरेको वा राजनितिक पार्टीको अधिवेशनमा भाग लिई सक्रिय राजनितिमा सहभागी भई विद्यालयको पठन-पाठन प्रभावित भएको प्रेस विज्ञेप्ति मार्फत ध्यानकर्षण भएको जनाएको थियो।
शिवराज नगरपालिका अन्तर्गत कार्यरत शिक्षकहरूले उक्त पत्रको बेवास्त गर्दे चुनाबमा सहभागीता जनाएका छन्।