गृहपृष्ठ खबर अन्तराष्ट्रिय अहिंसा दिवस : मानव अधिकार तथा शान्ति समाज कपिलवस्तुद्धारा प्रदर्शन

अन्तराष्ट्रिय अहिंसा दिवस : मानव अधिकार तथा शान्ति समाज कपिलवस्तुद्धारा प्रदर्शन

प्रकाशित मिति:

सागर वि.क.(वैखरी अनलाईन) : मानव अधिकार तथा शान्ति समाज कपिलवस्तुले शान्तिपूर्ण प्रदर्शन गरेको छ । समाजले अन्तराष्ट्रिय अहिंसा दिवसको अवसरमा बाणगंगाको चारनम्बर चोकमा शान्तिपूर्ण प्रदर्शन गरेको हो । यो दिवस विश्वमै अहिंसाका लागि उदाहरणको रुपमा मानिएका भारतका महात्मा गान्धीको जन्मदिनको अवसरमा अक्टोबर २ तारिखमा मनाउने गरिन्छ । मानव अधिकार तथा शान्ति समाज कपिलवस्तुका सभापति गोविन्द गोविन्द पोखरेलले सो अवसरमा शान्तिनै समाज,मुलुक र विश्वको विकास र समृद्धिको आधार भएको बताउँदै हिंसालाई निर्मूल गरी दिगो शान्तिका लागि सबैको ऐक्यवद्धता र प्रयास हुनुपर्ने बताए ।

उहाँले शान्ति स्थापनाका लागि विशेषगरी युवाहरुको भूमिका रहने बताउँदै सम्पूर्ण राजनीतिक दल र सरोकारवालालाई पनि हिंसारहित समाज र राष्ट्र निर्माणमा लाग्न आग्रह गर्नुभयो । समाजमा विद्यमान हत्या र अशान्तिलाई कम गर्ने हेतुले प्रदर्शन गरिएको अध्यक्ष पोखरेलको भनाई छ ।

अध्यक्ष गोविन्द पोखरेलले शान्तिका अग्रदुत भगवान गौतम बुद्धले प्रतिपादन गरेका सिद्धान्तलाई आत्मासात गर्दै शान्तिको मार्गमा हिड्न सकेमा समाजमा शान्ति स्थापना तथा अहिसात्मक वातावरणको अन्त्य हुने बताउनुभयो । शान्तिपूर्ण तरिकाले गरिएको प्रदर्शनमा मानव अधिकार शान्ति समाजका केन्द्रिय सदस्य दिल बहादुर कार्कीको लगायत अन्य सदस्यहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित् समाचार