गृहपृष्ठ खबर रुपन्देहीमा जबरजस्ती करणी अभियोगमा ४६ वर्षीय पुरुष पक्राउ

रुपन्देहीमा जबरजस्ती करणी अभियोगमा ४६ वर्षीय पुरुष पक्राउ

प्रकाशित मिति:

बुटवल : रुपन्देहीमा २१ वर्षीया युवतीलाई जबरजस्ती करणी अभियोगमा एक पुरुष पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा देवदह नगरपालिका–६शिवालय टोलमा डेरा गरी बस्ने दाङ राप्ती गाउँपालिका–६ स्थायी घर भएका ४६ वर्षीय हिमाल खड्का रहेको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

सोही ठाउँस्थित दाउन्ने काष्ठकलामा घुम्न गएको अवस्थामा खड्काले ती २१ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेका गरेको प्रहरीले जनाएको छ ।

खड्कालाई प्रहरीले शनिबार साँझ पक्राउ गरेको थियो । घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित् समाचार