काठमाडौं : जर्मन सहयोग नियोग (जीआईजेड) ले विषयगत विज्ञहरु मार्फत मुलुकका ११ वटा नगरपालिकामा गरेको सर्वेक्षणमा लगानी र व्यवसायिक वातावरण निर्माण भएको नगरका रुपमा बुटवल उपमहानगरपालिकालाई पहिलो भएको ठहर गरेको छ ।
देशभरका नगरपालिकामध्येबाट जनघनत्व र आर्थिक केन्द्रका रुपमा विकास भइरहेका नगरलाई छनौट गर्दा बुटवललाई उत्कृष्ट ठहर गर्दै अवार्ड प्रदान गरिएको हो ।
छनौटमा परेका नगरपालिकाको लगानीको अवस्था, वातावरण र व्यवसायको क्षेत्रका बारेमा सूचक बनाएर सर्वेक्षण गरिएको जीआईजेडका नेशनल टिम लिडर दिप्ति खकुरेलको भनाइ छ ।