नेपाल बार एसोसिएसनले मन्त्रिमण्डल विस्तारका क्रममा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासमेतको नाम जोडिएकोप्रति खेद प्रकट गरेको छ । बारका महासचिव लीलामणि पौडेलले सोमबार विज्ञप्ति जारी गर्दै मन्त्रिपरिषद् विस्तारमा कोटा खोजेको भन्ने विषयमा प्रकाशित समाचारको विषयलाई लिएर ध्यानाकर्षण भएको जनाएको हो ।
बारले संवैधानिक निकायका प्रमुखसँग यस्तो विषय जोडिनु असंवैधानिक र खेदजनक भएको ठहर गरेको छ ।
बारले शक्ति पृथकीकरणको सिद्धान्त, नियन्त्रण र सन्तुलनको सिद्धान्त र संवैधानिक सर्वोच्चता कायम राख्न सबैसँग आग्रहसमेत गरेको छ।