अराजबेल्बासे (अर्घाखाँची) : शितगंगा नगरपालिकाको आर्थिक बर्ष २०७७/७८ को वार्षिक प्रगति समिक्षा कार्यक्रम सम्पन्न भएको छ । गत आर्थिक वर्षमा सम्मपन्न भएका योजनाको नगरपालिकाले विभिन्न राजनितिक दल संघ संस्था जनप्रतिनिधि लगायतको उपस्थितिमा समिक्षा कार्यक्रम सम्पन्न भएको हो ।
समिक्षा कार्यक्रममा शितगंगा नगरपालिकाका शाखा गत रुपमा शाखा प्रमुखहरुले प्रगति विवरण प्रस्तुत गरेका थिए । शितगंगा नगरपालिकामा गत वर्ष ९० करोड ३३ लाख २६ हजार वित्तिय समानिकरण, राजश्व बाडफाड, स–शर्त अनुदान, सामाजिक सुरक्षा, आन्तरिक श्रोत लगायतबाट प्राप्त भएको नगरपालिकाले ७७ करोड ७४ लाख १५ हजार खर्च गरेको छ । यस्तै भौतिक प्रगति तथा क्षेत्रगत रुपमा कार्यक्रम कार्यान्वयन ९७ प्रतिशत प्रगति योजना शाखा प्रमुख नुमलाल खनालले प्रस्तुत गर्नु भयो । गत आर्थिक बर्षमा कुल ५८८ योजना सम्पन्न भएका छन । जसमा १ लाख सम्मका २४९, एक लाख देखि ५ लाख सम्मका २४८, पाँचलाख देखि १० लाख सम्मका ५६, दश लाख माथिका ३५ योजना सम्पन्न भएका छन ।
गतबर्ष २।५ प्रतिशत बेरुजु रहेको पाइएको छ । सामाजिक सुरक्षा भत्तातर्फ ४४६ जेष्ठ नागरिकलाई १ करोड ६० हजार वितरण गरिएको छ । यस्तै न्यायिक समितिले हाल सम्म रितपुर्वक आएका ३३ उजुरी लिएको छ जसमा १९ समितिले मेलमिलाप गराएर पठाएको छ ४ वटा अदालतमा पुगेका छन भने १० वटा फर्छौट हुन बाँकी रहेका छन । कार्यक्रममा हेफर इन्टरनेशनलका तर्फ बाट केशव भुसालले वार्षिक प्रगति प्रस्तुत गर्नु भएको थियो । जस मध्गे हेफर मार्फत बाख्रा बिक्री बापत ३ वर्षमा १५ करोड भन्दा बढी रकम भित्रिएको र उत्पादनका आधारमा गतबर्ष ९५ लाख ७ हजार ४७७ रकम वितरण गरेको जानकारी दिनु भयो ।
यस्तै शिक्षा शाखा बाट नागेन्द्र नेपालले स्वास्थ्य शाखातर्फ दामोदर ढकालले कृषि तर्फ अनिल शर्मा, पशु विकास शाखाबाट गणेश थापा, प्रधानमन्त्री रोजगार शाखाबाट नरमाया सुबेदीले वार्षिक प्रगति विबरण प्रस्तुत गर्नु भएको थियो । यस्तै नेकपा एकिकृत समाजबादीका नेता पिताम्बर सारुले नगरपालिकाका जनप्रतिनिधिहरुले अमराई लामाताल सडक निर्माणमा चासो नदिएको गुनासो गर्नु भयो । नगरपालिका अन्य सडक एक दुई दिनमै मर्मत भएपनि ५ वटा वडाको उत्त सडकमा हरेक दिन जनताले शास्ती पाउने गरेको गुनासो गर्नु भयो ।
यस्तै माओवादी केन्द्रका नगर अध्यक्ष मणि अधिकारीले प्रधानमन्त्री रोजगार कार्यक्रममा अनियमितता भइरहेको गुनासो गर्नु भयो । नगरपालिकाको ५ वर्षे कार्यकालमा नगरबासीको अबस्थामा कुनै परिर्वतनको महसुस गर्न नसकेको बताउनु भयो । शितगंगाका सडक ३० औ बर्ष सम्म पनि कुनै परिर्वन हुन नसक्नुले पनि नगरपालिका र देशकै सरकारको महसुस गर्न शितगंगाबासीले गर्न नपाएको बताउनु भयो । नेपाली काग्रेसका उपसभापति बिष्णुराज बेल्बासेले नगरपालिकामा रहेका किसानहरु जंगली जनावरबाट पिडित हुँदा पनि नगरपालिकाले खास योजना ल्याउन नसकेको बताउनु भयो ।
नेकपा एमालेका नगर अध्यक्ष वशन्त श्रेष्ठले नगरपालिकाले विकासमा चाँसो नदिएको आरोप लगाउनु भयो । नगरपालिकाले ५ वर्षमा एक मिटर सडक कालोपत्रे गर्न नसकेको सडकका अबस्था जहाको त्यही रहेको गुनासो गर्नु भयो । नगरपालिकामा घरको छानो मुत्त गर्ने काममा समेत बजेट सदुपयोग गर्न नसककेको बताउनु भयो । नगरपालिकाले प्रशस्त रुपमै आम्दानी गर्ने बाटो हुँदा नगरपालिकाले गम्भिर चाँसो नदिएको गुनासो गर्नु भयो । यस्तै नगर उपप्रमुख टिका रेश्मीले बजार अनुगमन तथा न्यायिक समितिमा शितगंगा नगरपालिकाले जिल्लामै उल्लेखनीय काम गर्न सफल भएको बताउनु भयो । शितगंगाका अधिकांस सडक १२ महिना सञ्चाल नगर्न सक्ने अबस्थामा पुगेको बताउनु भयो ।
कार्यक्रममा उठेको प्रश्नहरुको जबाफ दिदै नगर प्रमुख सुर्य प्रसाद अधिकारीले नगरपालिकाको भौगोलिक विकटताले विकासमा उल्लेखनिय प्रगति हुन नसकेको बताउनु भयो । नगरपालिकाले हरेक योजना सर्वसहमतिमै पास गर्ने भएकोले आबश्यकता अनुसार योजनाहरु निमार्ण गरेको बताउनु भयो । सभामा उठेका सुझावलाई मध्येनजर गर्न तयार रहेको बताउदै नगर प्रमुख अधिकारीले सबैको सुझावमा नगरपालिकाले विकास काम गर्न तयार रहेकोले हरेक सकारात्कम सुझाबको नगरपालिकाले अपेक्षा गरिरहने बताउनु भयो ।
कार्यक्रममा योजना शाखा प्रमुख नुमलाल खनालको सञ्चालन र प्रमुख प्रशासकिय अधिकृतले कार्यक्रमको बारेमा प्रकाश पार्नु भएको थियो ।