गृहपृष्ठ खबर एकीकृत समाजवादीबाट मन्त्री छान्ने जिम्मा माधव नेपाललाई

एकीकृत समाजवादीबाट मन्त्री छान्ने जिम्मा माधव नेपाललाई

प्रकाशित मिति:

काठमाडौं : नेकपा (एकीकृत समाजवादी) ले मन्त्री छान्ने जिम्मा अध्यक्ष माधवकुमार नेपाललाई दिएको छ। बिहीबार बसेको पार्टी स्थायी कमिटी बैठकले मन्त्री छान्ने जिम्मा नेपाललाई दिएको एक स्थायी कमिटी सदस्यले जानकारी दिए।

पार्टीले पाउने मन्त्रालयहरूको टुंगो भएपछि अध्यक्ष नेपालले मन्त्रीहरू छान्ने छन्। मन्त्रिमण्डल विस्तारबारे छलफल गर्न अहिले प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसेको छ।

प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपा अध्यक्ष उपेन्द्र यादव र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएको हो।

मन्त्रालय भागबन्डा मिले पनि दलहरूले मन्त्री हुनेको नाम दिइसकेका छैनन्। त्यसैले मन्त्रिपरिषदलाई पूर्णता दिन ढिलाइ भइरहेको छ।

गठबन्धनबाट देउवा गत असार २९ मा प्रधानमन्त्री भएका थिए। कांग्रेसबाट तीन मन्त्री र १ राज्यमन्त्री तथा माओवादीबाट २ मन्त्री मात्रै अहिले मन्त्रिमण्डलमा छन्। अरू मन्त्रालय देउवाले आफैं राखेका छन्।

सम्बन्धित् समाचार