गृहपृष्ठ खबर काठमाडौंको बाफलबाट १९ जुवाडे पक्राउ

काठमाडौंको बाफलबाट १९ जुवाडे पक्राउ

प्रकाशित मिति:

काठमाडौं : काठमाडौंको बाफलबाट १९ जना ुजुवाडेु पक्राउ परेका छन्। महानगरीय प्रहरी बृत्त कालिमाटीबाट खटिएको टोलीले बाफलस्थित राजु श्रेष्ठको घरमा जुवा खेल्दै गरेका १९ जना पक्राउ परेका हुन्।

पक्राउ परेकाहरुको नाम भने प्रहरीले सार्वजनिक गरिसकेको छैन। श्रेष्ठको २ तले घरमा जुवा खेलाउने कार्य हुने गरेको भन्ने सूचनाको आधारमा प्रहरी टोली त्यहाँ पुगेको थियो।

प्रहरीले जुवा खालबाट २ लाख ८६ हजार ६५ रुपैयाँ नगद बरामद भएको जनाएको छ। यस्तै, २४ हजार रुपैयाँ उल्लेख गरिएको २ थान चेक, २८ वटा मोबाइल, कौडा बरामद गरिएको प्रहरीले जानकारी दिएको छ।

सम्बन्धित् समाचार