गृहपृष्ठ खबर प्रतिनिधि सभाको बैठक बस्दै

प्रतिनिधि सभाको बैठक बस्दै

प्रकाशित मिति:

काठमाडौं : सरकारले विधेयक फिर्ता लिने भएको छ। शुक्रबार दिउँसो बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विधेयक फिर्ता लिने प्रस्ताव गर्ने कार्यसूची छ।

प्रधानमन्त्री एवं संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री देउवाले संघीय निजामति सेवा विधेयक, २०७५ फिर्ता लिने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ।

यसैगरी विधेयक फिर्ता लिन राष्ट्रिय सभाको सहमति लिने सरकारको प्रस्ताव छ । प्रधानमन्त्री एवं भौतिक पुर्वाधार तथा यातायात मन्त्री श्री शेरबहादुर देउवाले राष्ट्रिय सभामा उत्पत्ति भै प्रतिनिधि सभामा विचाराधीन रेल्वे विधेयक, २०७६ फिर्ता लिन राष्ट्रिय सभाको सहमतिको निमित्त प्रतिनिधि सभाको सिफारिस प्राप्त गर्ने प्रस्ताव प्रस्तुत गर्नुहुने संघीय संसदको महासचिव डा। भरतराज गौतमले जानकारी दिए।

प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष एमालेको अवरोध जारी रहेकाले सरकारले विचाराधीन अवस्थामा रहेका विधेयक फिर्ता लिएर अधिवेशन अन्त्य गर्ने तयारी गरेको छ। विचाराधीन अवस्था फिर्ता नलिई अध्यादेशमार्फत चलाउँदा आलोचना हुने भएकाले विधेयक फिर्तालिने प्रक्रिया अगाडि बढाएको हो। एमालेले शुक्रबार पनि सदन अवरुद्ध पार्ने तयारी गरेको छ।

सम्बन्धित् समाचार