गृहपृष्ठ खबर निर्मल पुर्जा तेस्रो पटक धौलागिरिमा

निर्मल पुर्जा तेस्रो पटक धौलागिरिमा

प्रकाशित मिति:

काठमाडौं : विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल चढेर विश्व रेकर्ड कायम गरेका पर्वतारोही निर्मल पुर्जाले तेस्रो पटक धौलागिरि हिमाल सफल आरोहण गरेका छन् ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दाना निवासी सेवानिवृत बेलायती सैनिकसमेत रहेका उनले शुक्रबार बिहान उक्त हिमाल आरोहण गरेका हुन् ।

प्रतिकूल मौसममा पनि आरोहण सफल भएको पुर्जाले सामाजिक सञ्जाल फेसबुकमा राखेको भिडियो सामग्रीमा हिमालको चुचुरोमा हावा चलेको र हिउँ उडेको देख्न सकिन्छ । ‘हाम्रो टोलीका सबैले आरोहण गरेका छन्, हामी शिखरबाट पनि सुरक्षितरुपमै फर्कन सक्छौँ भन्ने विश्वास छ’, स्टाटसमा उल्लेख छ ।

अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्णबाट विश्व कीर्तिमानीको अभियान सुरु गरेका उनले म्याग्दीमै रहेको सातौँ अग्लो धौलागिरि हिमालको ९८१६७ मिटर आरोहण गर्ने पहिलो म्याग्देलीको किर्तिमानी कायम गरेका थिए ।

सम्बन्धित् समाचार