गृहपृष्ठ खबर अन्तर्राष्ट्रिय सम्मेलनमा तालिवानलाई रुसको निम्तो

अन्तर्राष्ट्रिय सम्मेलनमा तालिवानलाई रुसको निम्तो

प्रकाशित मिति:

अफगानिस्तान मुद्धामा हुन लागेको अन्तर्राष्ट्रिय सम्मेलनमा रुसले तालिवानलाई निम्तो गर्ने भएको छ । आगामी अक्टोवर २० मा रुसको राजधानी मस्कोमा आयोजित अफगानिस्तान सम्मेलनमा रुसले तालिवानलाई निम्तो गर्ने भएको हो ।

रुसले आयोजना गरेको सो सम्मेलनमा राष्ट्रपति भ्लाद्मिर पुटिनले तालिवानका विशेष प्रतिनिधि नेतालाई निम्तो दिने रुसी समाचार एजेन्सीका प्रतिनिधि जामिर काब्लोभले जानकारी दिएका छन् । यहि अक्टोवर १२ मा हुन लागेको जी २० सम्मेलनमा अफगानिस्तानमा मानविय सहायताबारे छलफल गरिने र मस्कोको सम्मेलनमा सोहिअनुसार वार्ताअघि बढाइने बताइएको छ ।

रुसले गत मार्चमा अफगानिस्तान मुद्धाबारे अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरेको थियो । सो सम्मेलनमा रुस, अमेरिक, चीन र पाकिस्तानले संयुक्त विज्ञप्ती जारी गर्दै अफगानिस्तानको युद्ध अन्त्य गर्ने र शान्ति सम्झौता गर्न आह्वान गरेका थिए ।

त्यसपछि अगष्ट अन्तिममा अमेरिकाले अफगानिस्तानमा २० वर्ष लामो समयसम्म गराएको सैन्य उपस्थिती अन्त्य गरेको थियो भने तालिवानले सत्ता कब्जामा लिएको थियो । सन् १९८० मा रुसले अफगानिस्तामा सोभियत सेना पठाएको थियो भने दशक लामो युद्धमा २० लाख अफगान नागरिक मारिएका थिए भने १४ हजारभन्दा बढी सोभियत सैनिक मारिएका थिए ।

सम्बन्धित् समाचार