वैखरी अनलाईन : कपिलवस्तुको बाणगंगा नगर कार्यपालिकाको बैठक सम्पन्न भएको छ । नगरपालिकाको कार्यालयमा बसेको बैठक विभिन्न महत्वपुर्ण निर्णय गर्दै सम्पन्न भएको हो ।
बैठकले पशु तथा स्वास्थ्य क्षेत्रको दररेट स्वीकृत गरेको नगरपालिकाका प्रवक्ता बिष्णु पौडेलले वैखरी अनलाईनलाई बताए । साथै नगर भित्रका बिद्यालय समायोजन तथा दरबन्दी मिलानका लागी बनाइएको नगर शिक्षा समिति,दरबन्दी मिलान कार्यदल र दरबन्दी मिलान समितिले ल्याएको प्रस्तावलाई स्वीकृत गरी कार्यान्वयन गर्ने निर्णय गरेको पौडेलले बताए ।
साथै नदीजन्य पदार्थको ठेक्काको लागी बाणगंगा नगरपालिकाको बनकसिया र मधुबनधाम क्षेत्र, धिरि र कोइली नदीको ठेक्का दिन सुचना निकाल्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत बासुदेव खनालले बताए । त्यस्तै बजार अनुगमनको प्रतिवेदन अध्धयन गरि, २११ बिभिन्न पसलमा गरीएको अनुगमनपछि कमजोरी भेटीएका पसलहरुलाई सचेत गराइएको छ भने नियमित नभएका ७ सहकारीलाई खारेजीको लागी ३५ दिने सुचना निकाल्ने निर्णय भएको छ ।
जसमा भेवा कृषी सहकारी वडा नंं. ११, आकस्मीक कृषि सहकारी वडा नंं. ११ , जनकृषी सहकारी वडा नंं. ११, त्रिशुल कृषी सहकारी वडा नंं. ११, पटना महिला कृषी सहकारी वडा नंं. १०, परोपकार उपभोक्ता सहकारी वडा नंं. १० र शहिद स्मृति सहकारी सस्था वडा नंं. ३ रहेका छन ।
साथै कार्यपालिकाको बैठकले वडा नंं. ८ मा बन्ने आयुर्वेद अस्पतालको डिपिआर निमार्णको लागी सुचना निकाल्ने र नगर भित्रका घरधुरीहरुको नम्बरीङ गर्ने निर्णय भएको उप प्रमुख चक्र अर्यालले बताए । सुरुमा वडा नंं. २, ४ र ८ बाट नम्बरीङ गरीने छ ।