गृहपृष्ठ खबर श्रृङ्गीघाट सामुदायिक बनका नवनिर्वाचित पदाधिकारीले लिए पद तथा गोपनीयताको सपथ

श्रृङ्गीघाट सामुदायिक बनका नवनिर्वाचित पदाधिकारीले लिए पद तथा गोपनीयताको सपथ

प्रकाशित मिति:

कपिलवस्तु : जिल्लाको बाणगंगास्थित श्रृङ्गीघाट सामुदायिक बन उपभोक्ता समितिका नवनिर्वाचित पदाधिकारीले पद तथा गोपनीयताको सपथ लिएका छन् । शुक्रबार एक कार्यक्रमको आयोजना गरि अध्यक्ष गणेश बहादुर शाही (शुशिल), उपाध्यक्ष बुद्ध बहादुर शाही, सचिव शुष्मा खाँण, कोषाध्यक्ष हरि प्रसाद पौडेल, सहसचिव तिल कुमारी हमाल, अन्य सदस्य, लेखा समिति सदस्यलाई निर्वाचन मण्डल संयोजक कमल आचार्यले पद तथा गोपनीयताको सपथ ग्रहण गराउनु भएको थियो ।

यस्तै कार्यक्रममा निर्वाचित पदाधिकारीलाई प्रमाण पत्र पनि हस्तान्तरण गरिएको छ ।

सपथ ग्रहण कार्यक्रममा प्रतिवद्धता मन्तव्य राख्दै नवनिर्वाचित अध्यक्ष शुशलि सिंह ठकुरीले वनको नियम र ऐनमा रहेर काम गर्ने बताउनु भयो । अघिल्लो समितिले गरेका राम्रा कामलाई निरन्तरता दिने र उपभोक्ताको हितमा हुन नसकेका अन्य कामलाई अगाडी बढाउने उहाँको भनाई छ ।

यसैबीच कार्यक्रममा बोल्ने वक्ताहरुले नयाँ समितिलाई श्रृङ्गी घाट वनमा काम गर्ने अवसरसंगै चुनौति रहेको बताएका छन् । प्रमुख अतिथि बाणगंगा नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष गणेश बहादुर क्षेत्रीले सामुदायिक बनको नियम र केही नविन ढंगबाट काम गर्न नयाँ समितिलाई जरुरी रहेको बताउनु भयो ।

सम्बन्धित् समाचार