गृहपृष्ठ खबर उपेन्द्रको विरोधमा वीरगन्जमा प्रदर्शन

उपेन्द्रको विरोधमा वीरगन्जमा प्रदर्शन

प्रकाशित मिति:

वीरगन्ज : पर्साका सांसद प्रदीप यादवलाई मन्त्री नबनाएको विरोधमा उनकै दल जनता समाजवादी पार्टी ९जसपा० का कार्यकर्ताले वीरगन्जमा प्रदर्शन गरेका छन्। शनिबार दिउँसो वीरगन्जमा सांसद यादव निकटका कार्यकर्ता र समर्थकहरुले कालो झण्डासहितको मोटरसाइकल जुलुश निकालेका हुन्।

मोटरसाइकल जुलुशले नगर परिक्रमा गरेपछि घण्टाघर चोकमा सांसद यादवका सर्मथकहरुले जसपाका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको पुत्ला पनि दहन गरेका छन्। उनीहरुले उपेन्द्रको विरोधमा नाराबाजी गर्दै उनलाई पर्सा जिल्ला र वीरगन्जमा प्रवेश गर्न नदिने चेतावनी समेत दिएका छन्।

प्रदर्शनमा सहभागी जसपाका युवा नेता गौरव बर्माले भने विरोध प्रदर्शन कार्यक्रम पार्टीको कार्यक्रम नभई सांसद प्रदीप यादवका समर्थकहरु आफैले गरेको बताए।

सम्बन्धित् समाचार