काठमाडौं : संविधानविद् डा. भीमार्जुन आचार्यले शुक्रवारको मन्त्रिपरिषद् विस्तार दुखद् र आपत्तिजनक रहेको टिप्पणी गरेका छन्। शनिवार बिहान ट्वीटमार्फत आचार्यले यस्तो घटना नेपालमा पहिलो भने नभएको बताएका छन्।
‘हिजोको मन्त्रिपरिषद् विस्तारको घटना दुखद् र आपत्तिजनक छ, तर यसको अर्थ देउवाभन्दा पहिलेको मन्त्रिपरिषद् मुलुकका लागि ठीक थियो भन्ने कदापि होइन। दुवै खराब थिए, खराबै रहने भए,’ आचार्यले भनेका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रवार गठबन्धनका दलहरुलाई मिलाएर मन्त्रिपरिषद् विस्तार गरेका हुन्।
यसैगरी उनले कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पहिले पनि खराब रहेको र अब पनि खराबै रहने पक्का भएको ठोकुवा गरेका छन्। गजेन्द्र हमाललाई मन्त्री बनाएको विषयमा प्रश्न गर्दै आचार्यले एउटा पात्रको कुकर्मले सबै दोषी हुन्छन् भनी प्रश्नसमेत गरेका छन्।’देउवा खराब थिए, खराबै रहने पक्का भयो। ‘परमादेश’सँग न्यायालयका मुख्यले मन्त्री पदको सट्टापट्टा गरेको कुरा आयो। जसरी गरेका हुन, गरेकै देखियो,ु ट्विटमा आचार्यले प्रश्न गरेका छन्,’तर इजलासमा अरू चार जना पनि थिए, उनीहरूले कुनै पदक वा भाग पाएको सुनिएन। के देउवा वा न्यायालयको कुनै एक पात्रको कुकर्मले बाँकी सबै दोषी हुन्छन्रु’