भैरहवा : गोविन्द प्रसाद ज्ञवालीको अध्यक्षतामा लुम्बिनी होटल संघ, नेपालको नया कार्यसमिति सर्वसम्मत रुपमा चयन भएको छ । संघको शनिबार लुम्बिनीमा सम्पन्न तेश्रो साधारण सभा एवम दोश्रो अधिवेशनले आगामी २ बर्षको कार्यकालको लागि ज्ञवालीको अध्यक्षतामा १५ सदस्यिय नया कार्यसमिती चयन भएको निर्वाचन संयोजक प्रख्यात बन्जाडेले जानकारी दिए ।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा शेखर कार्की, बरिस्ठ उपाध्यक्षमा लीलामणि शर्मा पौडेल चयन भएका छन् । यस्तै महासचिव पुरुषोत्तम अर्याल, सचिव भुपेन्द्र गुरुङ, कोषाध्यक्ष किरण प्रसाद कंडेल र सह(कोषाध्यक्षमा किरण चन्द्र पौडेल सर्वसम्मतिमा निर्वाचित भएका छन् ।
समितिको सदस्यहरुमा खिम श्रेष्ठ, प्रबिन्द्रराज शाक्य, पद्मा न्यौपाने, घनश्याम गुप्ता, धिरज गुप्ता, पिन्टुलाल बनिया र टीका कुमारी कट्टेल निर्वाचित भएको निर्वाचन संयोजक बन्जाडेले जानकारी दिए ।








