गृहपृष्ठ खबर रोल्पामा टेलिकम सेवा अवरुद्ध

रोल्पामा टेलिकम सेवा अवरुद्ध

प्रकाशित मिति:

रोल्पा : रोल्पाको पूर्वी भेगमा गत हप्तादेखि टेलिकम टावर नहुँदा सेवाग्राहीले सस्ती भोग्नुपरेको छ । सुनछहरी गाउँपालिकाको गुम्चालमा विद्युत्को ट्रान्समिटर जलेकाले गत हप्तादेखि टेलिकमको सेवा अवरुद्ध भएको हो । गाउँपालिकाका जेलबाङ, सेरम उवा, गामलगायत स्थानका बासिन्दा टेलिकमको सेवा लिनबाट बञ्चित भएका हुन् ।

टावर कहिले आउने कहिले जाने गरेको स्थानीयवासी हिक्मत घर्तीले बताए । पहिले सोलारमार्फत विद्युत् सञ्चालन हुने गरेकामा अहिले झन् विद्युत् भएर पनि नियमित सेवा सञ्चालनमा नभएको उनले बताए ।

सम्बन्धित निकायले चासो नै दिँदैन कहिलेसम्म यसरी बस्ने घर्तीले दुखेसो पोखे । उता विद्युत् कार्यालय प्रमुखलाई छिटो ट्रान्समिटर मर्मत कार्य गर्नुपर्यो भनी फोन गर्दा उल्टै थर्काउने गरेको अध्यक्ष पुनले गुनासो गरे ।

सम्बन्धित् समाचार