गृहपृष्ठ खबर कपिलवस्तुमा एक लाख बढी मूल्यका सामान बरामद

कपिलवस्तुमा एक लाख बढी मूल्यका सामान बरामद

प्रकाशित मिति:

वैखरी अनलाईन : कपिलवस्तुमा एक लाख बढी मूल्य पर्ने सामान प्रहरी बरामद गरेको छ । आईतबार आज विहान करिब आठ बजे जिल्लाको कपिलवस्तु नगरपालिका वडा नं.२ कुदानबाट सो बेवारिसे सामान बरामद गरिएको हो । दैनिक उपभोग्य सामानहरु चिनी, जिरा, लेस, रिवन, सुट, मोविल, पेन्ट आदि बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

सो सामानको अन्दाजी मूल्य करिब १ लाख ४ हजार ५ सय रहेको प्रहरीले जनाएको छ ।

बराबर गरिएका सामानहरुलाई आवश्यक कार्वाहीको लागी सुठौली भन्सार कार्यालय कपिलवस्तु पठाईएको प्रहरी जानकारी दिएको छ ।

सम्बन्धित् समाचार