गृहपृष्ठ खबर मोतिपूर झडपमा घाइते भएका ४ जनाको मृत्यु : २ दर्जनभन्दा बढी घाइते(अपडेट)

मोतिपूर झडपमा घाइते भएका ४ जनाको मृत्यु : २ दर्जनभन्दा बढी घाइते(अपडेट)

प्रकाशित मिति:

बुटवल : बुटवलमा निर्माणाधीन मोतीपुर औद्योगिक क्षेत्रमा जग्गा अतिक्रमणको विषयमा आइतबार भएको झडपमा ४ जनाको मृत्यु भएको छ । घटनामा दुई दर्जनभन्दा बढी घाइते भएका छन् ।

‘युनिभर्सल कलेज अफ मेडिकल साइनसेज भैरहवामा उपचारका लागि गएका ८ जना अतिक्रमणकारी र ५ प्रहरीमध्ये ४ जना अतिक्रमणकारीको मृत्यु भएको छ,’ अस्पतालका जनसम्पर्क अधिकृत सुशील गुरूङले जानकारी दिए । उनका अनुसार ३ जनाको अस्पताल ल्याउँदा नै मृत्यु भएको थियो । १ को उपचारको क्रममा मृत्युभएको हो । अन्यको उपचार हुँदैछ ।’

प्रहरी स्रोतका अनुसार झडपमा घाइते भएका कपिलवस्तुको बाणगंगा नगरपालिका १० का ४८ वर्षीय रमेश परियारको भैरहवाको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचारका क्रममा मृत्यु भएको छ । बाटोमै मृत्यु भएकाहरुको पहिचान खुल्न बाँकी छ । उनीहरुमध्ये २ जना अन्दाजी ४० र एक जना २० वर्षका पुरुष छन् ।

चारै जनाको सब भैरहवा मेडिकल कलेजमा रहेको अस्पताल प्रशाशनले जनाएको छ । तर, रुपन्देहीका सुरक्षा अधिकारीहरुले यसलाई आधिकारिक पुष्टि गरेका छैनन् ।

झडपमा सुरक्षाकर्मीसहित जग्गा कब्जा गर्नेहरु घाइते भएपछि प्रहरी प्रमुख मनोज केसी र प्रमुख जिल्लाअधिकारी ऋषिराम तिवारी संचारकर्मीको सम्पर्क बाहिर छन् ।

सम्बन्धित् समाचार