गृहपृष्ठ खबर पासोको डोरी महँगोमा बिक्री हुन्छ भन्दै घाँटीमा डोरी कसेर हत्या गर्ने तीन जना सार्वजनिक

पासोको डोरी महँगोमा बिक्री हुन्छ भन्दै घाँटीमा डोरी कसेर हत्या गर्ने तीन जना सार्वजनिक

प्रकाशित मिति:

काठमाडौं : पासो लागेर मान्छे मरेको डोरी महँगोमा बिक्री हुन्छ भन्ने अन्धविश्वासमा निर्दोष महिलाको हत्या गर्ने तीन जनालाई प्रहरीले सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरुमा २० वर्षिय सुमन मगर ,२३ वर्षिय सबिन प्रजा र उनका १८ वर्षीया पत्नी सबिना प्रजा रहेका छन् ।

हत्यामा संलग्न सुमन मगर ललितपुर हरिसिद्धी, सबिन प्रजा र उनकी पत्नी सबिना प्रजालाई मकवानपुरको मनहरीबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

तीनजना मिलेर ४५ वर्षीया कमला तामाङलाई घाँटीमा डोरीले कसेर हत्या गरेका थिए । घटनामा संलग्न सविन र सुमनले पासो लागेर मरेको डोरी राम, लक्ष्मण र हनुमान भएको पुराना सिक्का, दाहिने शंख, चट्याङ परेको ढुंगालगायत वस्तुजस्तै महत्वपूर्ण र करोडौँमा बिक्री हुने भन्ने अन्धविश्वासको आधारमा हत्या गरेको दाबी महानगरिय अपरध महाशाखाका प्रहरी उपरीक्षक कृष्ण पगेनिको छ ।

लितपुर महानगरपालिका सुनाकोठी बस्ने नुवाकोट बेलकोटगढीकी कमलाको गत भदौ २४ गते हात बाँधेर घाँटीमा डोरी कसी हत्या गरिएको अवस्थामा शब बरामद गरिएको थियो । आजै महानगरिय प्रहरी परिसर ललितपुरले बागमती गाउपालिका ४ प्युटार घर भएका बर्ष२९ का राजकुमार भुलन हत्यामा संलग्न ४ जनालाई पनि सार्वजनिक गरेको छ ।

हत्या आरोपमा मृतक भुलनकी २८ बर्षीया रजिना भुलन , ३० बर्षीय साढु भाइ ज्ञानकुमार सितान , २५ बर्षिय सालि सुनिता सितान,र ३० बर्षिय साथी लक्ष्मी ब्लोन रहेका छ्न ।

हत्या आरोपी मध्येका एकको भने भाग्ने क्रममा भीरबाट खसेर मृत्यु भएको थियो ।

सम्बन्धित् समाचार