गृहपृष्ठ खबर गण्डकीमा विना विभागीय मन्त्री विश्वकर्माले लिए शपथ

गण्डकीमा विना विभागीय मन्त्री विश्वकर्माले लिए शपथ

प्रकाशित मिति:

गण्डकी प्रदेशमा मन्त्री नियुक्त भएका डोबाटे विश्वकर्माले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमाबार साँझ उनलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पद तथा गोपनीयताको शपथ गराएका हुन् । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले डोबाटेलाई मन्त्री बनाउनका लागि एक साताअघि काठमाडौँ गएर प्रधानमन्त्री शेरबहादुर देउवासङ मन्त्री बनाउन सहमति लिएपछि आज बिहान सांसद विश्वकर्मालाई मन्त्रीमा नियुक्त गरेका थिए ।

विश्वकर्मालाई विना विभागीय मन्त्री नियुक्त गरिएको छ । यसअघि साउन ८ गते मुख्यमन्त्री पोखरेलले मन्त्रिपरिषद् विस्तार गर्दा डोबाटे मन्त्री हुने सूचीमा रहे पनि अन्तिममा हटाएर विन्दुकुमार थापा मन्त्री बनेका थिए । काँग्रेसमा व्यक्तिवादी गुटका कारण दलित र पुरानो नेतालाई पाखा लगाएको भन्दै मुख्यमन्त्री पोखरेलको तीव्र आलोचना भएको थियो ।

६० प्रदेशसभा सदस्य रहेको गण्डकीमा ११ मन्त्री रहेका थिए । विश्वकर्माको नियुक्तिसँगै १२ जना मन्त्री भएका छन् । प्रदेशसभा सदस्यको २० प्रतिशत सांसदलाई मन्त्री बनाउन सकिने व्यवस्था संविधानमा रहेका कारण त्यसैलाई आधार मानेका १२ जना मन्त्री बनाइएको हो ।

यसअघि पृथ्वी सुब्बा गुरुङले ७ सदस्यीय मन्त्रिपरिषद् बनाएका थिए । आफ्नो सत्ता जोगाउन अन्तिममा आएर उनले राजिव गुरुङ ९दीपक मनाङे० लाई मन्त्री बनाएर ८ सदस्यीय बनाएका थिए।

सम्बन्धित् समाचार