गृहपृष्ठ खबर मनसुन पूर्ण रुपले बाहिरियो

मनसुन पूर्ण रुपले बाहिरियो

प्रकाशित मिति:

काठमाडौं : यो वर्षको मनसुन हिजो बेलुकीदेखि पूर्ण रुपले बाहिरिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखा अनुसार यो वर्ष औसत भन्दा ९ दिन ढिला गरी मनसुन नेपालबाट बाहिरिएको हो । औसतमा अक्टोबर २ मा नेपालबाट मनसुन बाहिरिने गर्दछ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार गत शुक्रबार नेपालका केही क्षेत्रबाट मनसुन बाहिरिन थालेको थियो ।

महाशाखाका अनुसार शुक्रबार नेपालको सुदूर पश्चिम प्रदेश र कर्णाली प्रदेशका सम्पूर्ण भूभाग, लुम्बिनी प्रदेशको पश्चिमी भूभागबाट मनसुन बाहिरिएको थियो ।

 

सम्बन्धित् समाचार