गृहपृष्ठ खबर दशैंमा मानव अधिकार आयोगको सबै कार्यालय खुला रहने

दशैंमा मानव अधिकार आयोगको सबै कार्यालय खुला रहने

प्रकाशित मिति:

काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगको केन्द्रीय, प्रदेश र प्रदेशका शाखा कार्यालयहरू दशैं, तिहार र छठ बिदाका दिनमा पनि खुला रहने भएका छन्।

दशैं विदाको समयमा आयोग कार्यलय बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म खुला रहने जनाइएको छ। आयोगका प्रवक्ता डा। टीकाराम पोखरेलले आम नागरिकको मानव अधिकार संरक्षणको कार्यलाई ध्यानमा राखी आयोगले विगतमा झैँ यस वर्ष पनि चाड पर्व बिदामा आयोग खुला रहने जनाकारी दिए।

यस अवधिमा आयोगले मावन अधिकार उल्लंघन र ज्यादतिका घटनाहरुमा उजुरी लिने तथा आवश्यकतानुसार गम्भीर प्रकृतिका घटनाको आवश्यक अनुगमनसमेत गर्ने जनाइएको छ।

सम्बन्धित् समाचार