गृहपृष्ठ खबर कपिलवस्तुको शिवराजमा युवाहरुको लगानीमा शीत भण्डार सञ्चालनमा

कपिलवस्तुको शिवराजमा युवाहरुको लगानीमा शीत भण्डार सञ्चालनमा

प्रकाशित मिति:

कपिलवस्तु : कपिलवस्तुको शिबराज नगरपालिका ६ गडगौडामा शीत भण्डार अर्थात कोल्ड स्टोरेज सञ्चालनमा आएको छ । जिल्लाको कृषि र कृषकको आवश्यकतालाई मध्यनजर गर्दै करिब ढाई करोडको लगानीमा गुमानसिह कोल्ड स्टोरेज प्रालि सञ्चालनमा आएको हो । सोमबार लुम्बिनी प्रदेशका सांसद अर्जुज केशीले स्टोरेजको एक कार्यक्रमका बिच उद्घाटन गर्नुभएको थियो । अहिले जिल्लामा भण्डारण गर्ने ठाउँको अभावमा कृषि उपजहरु खेर गइरहेको भन्दै यसले सम्पूर्ण कृषकलाई टेवा पु¥याउने बताउनुभयो ।

ब्यवसायिक कृषकलाई तालिम संगै उनीहरुलाई आवश्यक पर्ने आर्थिक लगानीमा पनि सहयोग गर्ने उहाको भनाई छ । संगै भोलीका दिनमा थप बिस्तार गर्दै उत्पादनलाई कपिलवस्तुकै स्वादेशी ब्राण्ड बनाउनुपर्नेमा जोड दिनुभयो ।

उहाले भन्नुभयो खासगरि, उचित भण्डारण अभावले जडिबुटी नष्ट हुने अवस्थामा पुग्दा व्यवसायीहरु निकै मर्कामा पर्दै आएका थिए । सरकार पनि निजी क्षेत्रलाई यसखालका काममा प्रोत्साहित गर्न अग्रसर हुनुपर्ने बताउनुभयो ।

३ सय मेट्रिक टन सम्म क्षमतामा सञ्चालमा आएका स्टोरेजमा कृषि उपजका सामग्री राखिने संस्थाका प्रमुख कार्यकारी अधिकृत अच्युत टन्डनले जानकारी गराउनुभयो । अत्याधुनिक प्रविधिअनुसार स्टोरेजको व्यवस्था गरिएको उहाले बताउनुभयो । शीत भण्डार सञ्चालनमा आएपछि कृषकले उत्पादन गरेको कृषि उपजहरुको क्षति नहुने बिश्वास लिइएको छ ।

सम्बन्धित् समाचार