गृहपृष्ठ खबर बुटवलको मोतिपुर औधोगिक क्षेत्र आसपासबाट पेट्रोल बम बरामद

बुटवलको मोतिपुर औधोगिक क्षेत्र आसपासबाट पेट्रोल बम बरामद

प्रकाशित मिति:

बुटवल : शसस्त्र प्रहरीले बुटवलको मोतिपुर औधोगिक क्षेत्र आसपासबाट ठुलो संख्यामा पेट्रोल बम फेला पारेको छ । केहि दिन यता असान्त रहेको उक्त क्षेत्रमा खोजी गर्दा शसस्त्र प्रहरीले पेट्रोल बम फेला पारेको हो। खोजतलासका क्रममा शसस्त्र प्रहरीले बियर र मदिराका बोतलमा पेट्रोल, सिसा र फलामका टुक्रा भरेको अवस्थामा फेला पारेको बताईएको छ।

केकती परिणाममा बरामद गरिएको हो भन्ने यकिन हुन अझै केहि समय लाग्ने शसस्त्र प्रहरीले बताएको छ । गत आईतवार मोतिपुर औधोगिक करिडोरको जग्गा कब्जा गरेर बसेकाहरुलाई हटाउने क्रममा प्रहरी र अतिक्रमणकारी बिच झडप भएको थियोे। झडपमा अतिक्रमणकारीहरुले प्रहरी माथि पेट्रोल बम प्रहार गरेका थिए ।

स्थिति नियन्त्रणमा लिन आईतवार सांझदेखि कर्फ्यु जारी गरेको रुपन्देही प्रशासनले त्यस क्षेत्रमा जारी गरेको कर्फ्यु भने आजबाट हटाएको छ ।

सम्बन्धित् समाचार