गृहपृष्ठ खबर कपिलवस्तुको यशोधरामा झाडापखालाबाट एक जनाको मृत्यु

कपिलवस्तुको यशोधरामा झाडापखालाबाट एक जनाको मृत्यु

प्रकाशित मिति:

कपिलवस्तु : भारतीय भू-भागको नजिकै सिमावर्ती क्षेत्रमा रहेको नेपालको यशोधरा गाउँपालिका–८ स्थित खोरिया गाउँमा फैलिएको झाडापखालको प्रकोपबाट एक जनाको मृत्यु भएको छ। बैदौली आधारभुत अस्पतालमा उपचारत ५६ वर्षीय शंकर गडरियाको झाडा पखालाबाट मृत्यु भएकोगाउँ पालिकाका स्वास्थ्य संयोजक बिरेन्द्रकुमार मिश्राले वताउनु भएको छ।

उहाका अनुसार खोरिया स्थित आफ्नो घरमा झाडापखालाबाट ग्रसित भएपछि छिमेकीहरुले गडरियालाई अस्पतालमा उपचार गराउन ल्याएका थिए। उनको अवस्था नाजुक भएपछि रिफर गरिएको थियो। थप उपचारका लागि अन्य अस्पतालमा लैजाने उनको आफन्त कोही नभएपछि गडरियाको अस्पताल मै मृत्यु भएको संयोजक मिश्राले बताए।

गत असोज २० गतेदेखि नै खोरिया गाउँमा झाडापखालको प्रकोप फैलिएको उप स्वास्थ्य चौकी शिहोखोरका प्रमुख केशव घिमिरेले बताउनू भयो । बुधबार साँझसम्म खोरिया र बैदौली गरी १ सय ४४ जना ग्रसित भएका छन्। त्यसमध्ये १४ जना अस्पतालमा उपचारत छन्। यस्तै, ३४ जना घर मै उपचारत छन् भने ९५ जना निको भई घर फर्किसकेका छन्।संयोजक मिश्राले दूषित पानी खाएर झाडापखाला फैलिएको हुन सक्ने बताए।

बिरामीहरुको उपचारसहित खोरिया गाउँमा सचेतनामुलक माईकिङ समेत गरिएको उनले बताउनुभयो । उता दुई साताअघि कृष्णनगरमा फैलिएको झाडापखालाबाट ६ जनाको मृत्यु भएको थियो भने ७ सय २७ जना बिरामी परेका थिए ।अहिले त्यहा नियन्त्रण भएको छ।

सम्बन्धित् समाचार