गृहपृष्ठ खबर तिलोत्तमामा सवारी दुर्घटना हुँदा एक जना घाइते

तिलोत्तमामा सवारी दुर्घटना हुँदा एक जना घाइते

प्रकाशित मिति:

बुटवल : रुपन्देहीको तिलोत्तमामा सवारी दुर्घटना भएको छ । सिद्धार्थ राजमार्गको बुटवल–भैरहवा सडकखण्डको मधवलियामा बुधबार साँझ बलेरोले कारलाई ठक्कर दिँदा दुर्घटना भएको हो ।

दुर्घटनामा परी कार चालक घाइते भएको र उनलाई उपचारका लागि क्रिमशन अस्पतालमा पुर्याइएको इलाका प्रहरी कार्यालय मंगलापुरका इन्चार्ज लक्ष्मण डाँगीले बताए ।

बुटवलबाट भैरहवातर्फ जाँदै गरेको बलेरोले सडक पारगरी पूर्वतर्फ जाँदै गरेको कारलाई ठक्कर दिएको उनले बताए । घटना बारे विस्तृत विवरण आउन बाँकी छ ।

सम्बन्धित् समाचार