गृहपृष्ठ खबर जुम्लामा होटल संचालकको शव फेला, हत्याको आशंका

जुम्लामा होटल संचालकको शव फेला, हत्याको आशंका

प्रकाशित मिति:

दैलेख जिल्ला स्थायी घर भएका जुम्लामा होटल व्यवसायी गर्दै आएका शेरबहादुर शाहीको बुधबार हत्या भएको आशंका गरिएको छ। होटल बाहिर यत्रतत्र रगतका छिटाहरू देखिएपछि हत्याको आशंका गरिएको हो।

शाहीले जुम्लाको चन्दननाथ नगरपालिका–६ पुरानो बसपार्क नजिक कर्णाली राजमार्गको छेउमा भ्यालीभ्यू होटल सञ्चालन गर्दै आएका थिए। उनको शव बिहीबार विहानै होटलको बराण्डामा भेटिएको थियो।

प्रहरी नायव उपरीक्षक दानबहादुर थापाका अनुसार अहिले प्रराम्भिक अनुसन्धान भइरहेको छ। उनले भने,‘प्रहरीको अनुसन्धानले कुनै न कुनै टुङ्गोमा पुग्ने अपेक्षा गरिएको छ।’ शाहीले झण्डै डेढ दुई वर्षदेखि जुम्लामा होटल व्यवसायी सञ्चालन गर्दै आएका थिए ।

 

सम्बन्धित् समाचार