गृहपृष्ठ खबर कपिलवस्तुको शिवगढीमा स्व. विरजंगको पाथृव शरीरमा माल्यार्पण

कपिलवस्तुको शिवगढीमा स्व. विरजंगको पाथृव शरीरमा माल्यार्पण

प्रकाशित मिति:

कपिलवस्तु : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता चन्द्र विक्रम चन्द विरजंगको पाथृव शरीरमा माल्यार्पण गरिएको छ । लामो समयदेखि उच्च रक्तचाप, मधुमेह र फोक्सोको समस्या रहेका विरजंगको भारतको दिल्ली स्थित म्याक्सीस अस्पतालमा शुक्रवार बिहान निधन भएको हो ।

निधन पश्चात् उनको शरिरलाई कपिलवस्तुको शिवगढी ल्याई शनिवार श्रद्धाञ्जली सभा आयोजना गरिएको थियो । कपिलवस्तु शिवगढी स्थित घरमा नेकपा महासचिव विप्लव, केन्द्रीय सचिवालय सदस्यहरू, केन्द्रीय सदस्यहरूसहित पार्टीका नेता–कार्यकर्ता, शिवराज नगरपालिकाका मेयर नेत्रराज अधिकारी र अन्य राजनीतिक दलका नेता कार्यकर्ता तथा जनसमुदायले फुल माला लगाई श्रद्धाञ्जली दिएका थिए ।

श्रद्धाञ्जली अर्पण गर्न पुगेका पूर्व मन्त्री चक्रपाणि खनाल बलदेव क्रान्तिकारी,इमानदार छवि भएका नेतालाई गुमाउँदा राष्ट्रलाई ठुलो क्षति भएको बताए । विरजंग नेकपाका महासचिव नेत्र विक्रम चन्दका सहोदर जेठा दाजु हुन् ।

जनयुद्ध कालमा तत्कालीन नेकपा माओवादीको पर्वत र बागलुङको इन्चार्जको जिम्मेवारी निर्वाह गरेका विरजंग पछिल्लो समय विप्लवले नेतृत्व गरेको नेकपाका केन्द्रीय सदस्य थिए ।

केही महिना अघि अदालतको आदेशमा चितवन कारागारबाट रिहा भएका विरजंग कारागारमा रहदा समेत पटक–पटक अस्वस्थ भएपछि अस्पताल भर्ना भएका थिए । कपिलवस्तुको शिवगढीका स्थायी बासिन्दा ६१ वर्षीय विरजंगका दुई छोरा र एक श्रीमती छन् । उनको आजै अन्त्यष्टि गरिने पारिवारीक स्रोतले जनाएको छ ।

सम्बन्धित् समाचार