गृहपृष्ठ खबर सर्पको डसाइबाट एक युवकको मृत्यु

सर्पको डसाइबाट एक युवकको मृत्यु

प्रकाशित मिति:

विषालु सर्पको डसाइबाट ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा फुङ्लिङ नगरपालिका–९ हाङ्देवाका २५ वर्षीय विष्णुबहादुर घतानी रहेका छन्।

उपचारका क्रममा उनको जिल्ला अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी राकेश यादवले जानकारी दिए । दसैँको टीकाको दिन शुक्रबार राति ८ बजेतिर घतानीलाई सर्पले डसेको थियो ।

सुरुमा घरमै झारफुक र घरेलु औषधि गराएका उनलाई अवस्था जटिल हुँदै गएपछि आज बिहान उनका आफन्तले अस्पताल भर्ना गरेका थिए । अस्पताल भर्ना गरेको केही समयमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ । -रासस

सम्बन्धित् समाचार