गृहपृष्ठ खबर १ सय ४७ जनामा कोरोना संक्रमण, १ को मृत्यु

१ सय ४७ जनामा कोरोना संक्रमण, १ को मृत्यु

प्रकाशित मिति:

काठमाडौं : १ हजार ७७३ नमूना परीक्षणमा १ सय ४७ जनामा कोरोना भाइरस ९कोभिड(१९० संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा १४ हजार ४६ नमूनाको पीसीआर र ३२७ नमूनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो। जसमध्ये पीसीआर विधिबाट १३६ र एन्टिजेन विधिबाट ११ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा कोरोनाबाट थप १ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार २७८ पुगेको हो। मन्त्रालयका अनुसार शनिबार थप ८ सय ४५ जना कोरोनामुक्त भएका छन्।

कोरोनाका सक्रिय संक्रमितको संख्या १२ हजार ५९८ पुगेको छ। मन्त्रालयका अनुसार संक्रमित ३०७ जनाको भेन्टिलेटरमा र ९७ जनाको आइसीयूमा उपचार भइरहेको छ।

सम्बन्धित् समाचार