गृहपृष्ठ खबर पाल्पाको रामपुरमा खुल्यो फनपार्क

पाल्पाको रामपुरमा खुल्यो फनपार्क

प्रकाशित मिति:

पाल्पा : रामपुरमै पहिलो पटक खुलेको ‘चिल्ड्रेन फनपार्क’मा यतिखेर सबैको आकर्षण बढेको छ । बालबालिकालाई लक्षित गरी हालैमात्र रामपुर नगरपालिका–५ स्थित बेझाड खेतमा सुरु गरिएको फनपार्क अहिले पर्यटकको गन्तव्यस्थल बन्न थालेको छ ।

विशेषगरी यहाँ साँझपख आन्तरिक पर्यटकको भीड लाग्ने गरिन्छ । दिनभरको कार्यालयको थकान मेट्ने र बालबालिका भुलाउने माध्यम बनेको छ, फनपार्क । विद्यालय बिदाको समय र दसैँपर्व भएकाले पनि अहिले यहाँ बालबालिकाको भीड लागेको छ ।

पार्कभित्र विभिन्न प्रकारका पिङ, चिप्लेटी, जम्पिङलगायत एक दर्जनभन्दा बढी मनोरञ्जनात्मक खेलका सामग्री उपलब्ध छन् । खेलकूदका लागि प्रतिव्यक्ति रु ५० र अवलोकनका निम्ति रु २० प्रवेश शुल्क तोकिएको छ ।

स्थानीयवासी गोविन्द पाण्डे र शोभा पाण्डेले यहाँको पर्यटन विकास र बालबालिकालाई मनोरञ्जन प्रदान गर्ने उद्देश्यले करिब रु ४० लाखको लगानीमा सो फनपार्क सञ्चालनमा ल्याउनुभएको छ ।

एक महिनाअघि देखि सुरु भएको पार्कमा दैनिक दुई सयदेखि पाँच सयसम्म बालबालिका आउने गरेका छन् ।

सम्बन्धित् समाचार