गृहपृष्ठ खबर काँग्रेस प्रदेश प्रतिनिधिमा लुम्बिनीकै कान्छो उम्मेदवार तिलक पाण्डे

काँग्रेस प्रदेश प्रतिनिधिमा लुम्बिनीकै कान्छो उम्मेदवार तिलक पाण्डे

प्रकाशित मिति:

नेपाली काँग्रेसको महाधिवेशनमा युवाहरुको आकर्षण बढेको देखिएको छ ।

अहिले कैयौं जिल्लाहरुमा वडा र नगरअधिवेशन पछि प्रदेश अधिवेशनका लागि प्रतिनिधि छनौटका लागि तयारी भैरहेका बेला कपिलवस्तुको क्षेत्र नम्बर १ (क) बाट युवा नेता तिलक पाण्डे (टीआर) ले प्रदेश प्रतिनिधिमा उम्मेदवारी दिएका छन् ।

मङ्सिर ३ गते हुने प्रतिनिधि छनौट निर्वाचनमा पाण्डेले खस आर्यबाट आफ्नो उम्मेदवारी दिएका छन् । प्रदेश प्रतिनिधिका लागि काँग्रेसका क्षेत्रीय प्रतिनिधिहरुले मतदान गर्ने गर्दछन् । २५ बर्षिय पाण्डेले पार्टीमा युवाहरुको सहभागिता बढाउन र उनीहरुको प्रतिनिधित्व गर्न आफु प्रदेश अधिवेशनको प्रतिनिधि बन्न चाहेको  बताएका छन् ।

उनी काँग्रेसको प्रदेश प्रतिनिधिका लागि लुम्बिनी प्रदेशकै कान्छो उम्मेदवार रहेको नेविसंघ कपिलवस्तुका नेता विशाल अधिकारीले जानकारी दिए ।

सम्बन्धित् समाचार