गृहपृष्ठ खबर वर्षासँगै हिमपातकाे सम्भावना कहाँ कहाँ ?

वर्षासँगै हिमपातकाे सम्भावना कहाँ कहाँ ?

प्रकाशित मिति:

प्रदेश १ लगायत अन्य पहाडी भू–भागहरूमा आंशिक बदली र बाँकी भू–भागमा आजको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रदेश १ का पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाका साथै हिमपातको पनि सम्भावना रहेको छ । यस्तै बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद्ले जानकारी दिएका छन् ।

अहिले बिहान देशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

आज राति प्रदेश १, बाग्मती, गण्डकी तथा लुम्बिनीका पहाडी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने पूर्वानुमान मौसमविद्ले गरेका छन् ।

राति प्रदेश १, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली छैन ।

सम्बन्धित् समाचार