गृहपृष्ठ खबर यी हुन् मधुमेह रोगीले खान मिल्ने मिठाई

यी हुन् मधुमेह रोगीले खान मिल्ने मिठाई

प्रकाशित मिति:

देश तिहारको माहोलमा छ। सबैको घरमा मिठामिठा परिकार पाकिरहेका छन्। तर, मधुमेह रोगीका लागि मिठाइको सेवन निकै हानिकारक हुन्छ।

मधुमेह रोगीले सधै ग्लाइसेमिक कम भएका चिजको सेवन गर्नुपर्छ । चिकित्सकको सुझावअनुसार दीपावलीमा मधुमेहका बिरामीले बेसनको लड्‍डु सेवन गर्न सक्छन् । स्वास्थ्य विशेषज्ञका अनुसार ५० भन्दा कम ग्लाइसेमिक इन्डेक्स भएको मिठाईमधुमेह रोगीका लागि राम्रो मानिन्छ। बेसनको लड्‍डुमा ग्लाइसेमिक इन्डेक्स १० हुन्छ । त्यसैले मधुमेहका बिरामीले नियमित रुपमा बेसनको लड्‍डु खान सक्छन् ।

मुङ दाल पनि मधुमेह रोगीका लागि राम्रो मानिन्छ । मधुमेह रोगीले दीपावलीमा मुङको दालको ढिँडो खान सकेछन् । गुङको लादमा ग्लाइसेमिक इन्डेक्स ३८ हुन्छ । त्यसैले मधुमेह रोगीले यसको नियमित सेवन गर्न सक्छन्। यो बनाउँदा चिनिको मात्रा भने आफ्नो आवश्यकता अनुसार निकै कम राख्नुपर्ने हुन्छ ।

यसका साथै नरिवलको लड्‍डु पनि मधुमेह रोगीका लागि उपयोगी मानिन्छ। नरिवलको सेवन मधुमेह रोगीका लागि दाभदायक मानिन्छ । यसमा ग्लाइसेमिक इन्डेक्स ४२ हुन्छ ।

छोक्रा पनि मधुमेह रोगीका लागि फाइदाजनक हुन्छ । छोक्रामा ग्लाइसेमिक इन्डेक्स ५० भन्दा कम हुन्छ । मधुमेह रोगीले छोक्राको बर्फी बनाएर खान सक्छन् ।

सम्बन्धित् समाचार