गृहपृष्ठ खबर कांग्रेस रूपन्देहीको सभापतिमा खाँण निर्विरोध निर्वाचित

कांग्रेस रूपन्देहीको सभापतिमा खाँण निर्विरोध निर्वाचित

प्रकाशित मिति:

पाली कांग्रेस रूपन्देहीको सभापतिमा रामकृष्ण खाँण निर्विरोध निर्वाचित भएका छन् ।

शनिबार सभापतिमा एकल उम्मेदवारी परेवछि  खाँणको निर्विरोध निर्वाचित भएका हुन् । यस्तै, उपसभापतिमा डा. अनिता ढुंगाना शाह र थानेश्वर घिमिरे निर्विरोध निर्वाचित भएका छन् ।

उपसभापतिमा उम्मेदवारी दिएका दीर्घराज काफ्लेले उम्मेदवारी फिर्ता लिएपछि शाह र घिमिरे निर्विरोध निर्वाचित भएका हुन् ।

यस्तै सचिव हरिप्रसाद काफ्ले र परमानन्द भट्टराई, सहसचिवद्वयमा बालकृष्ण बासुदेव रिमाल र विष्णु थापा निर्वाचित भएकाे जिल्ला निर्वाचन अधिकृत भेषराज घिमिरेले जानकारी दिए ।

सम्बन्धित् समाचार