गृहपृष्ठ खबर एकीकृत समाजवादी मायादेवी गाउँपालिकाको अध्यक्षमा कोहार

एकीकृत समाजवादी मायादेवी गाउँपालिकाको अध्यक्षमा कोहार

प्रकाशित मिति:

नेकपा (एकीकृत समाजवादी) मायादेवी गाउँपालिका कमिटीको अध्यक्षमा रामनरेश प्रसाद कोहार सर्वसम्मत चयन हुनुभएको छ ।

पार्टीले सोमबार मायादेवी गाउँपालिका वडा नं. २ को भैसकुण्डामा राखेको प्रथम भेलाबाट कोहार अध्यक्ष रहेको ५५ सदस्यिय पालिका कमिटी सर्वसम्मत चयन गरिएको हो ।

कमिटीको उपाध्यक्षमा मुस्ताज अहमद मुसलमान, करिम अहमद, सचिवमा अब्दुल रहमान, उप सचिवमा राजेन्द्र प्रसाद पासी र अन्य सदस्यहरुमा रहनुभएको पालिका इन्चार्ज फैजल खाँले जानकारी दिनुभयो ।

भेलालाई सम्बोधन गर्दै नेकपा (एस)का केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज पछिल्लो समय मधेसमा समाजवादी प्रति जनताको उत्साह थपिएको बताउनुभयो । पार्टी संगठन विस्तारको अभियानमा निरन्तर रहेको भन्दै मायादेवी गाउँपालिकाको भेलाले आम पार्टी नेता तथा कार्यकर्तामा उत्साह थपेको उहाँले बताउनुभयो । लामो समय देखि मधेसी जनता एमालेको पक्षमा त्यति खुलेर लाएको नदेखिए पनि एकीकृत समाजवादी बने देखि उत्साहजनक उपस्थिति हुनु राम्रो रहेको बताउनुभयो । मधेसका सारा बर्गीय, जातीय तथा लैगिंक विभेदको अन्त्य कम्युनिष्ट पार्टीमा मात्र गर्न सक्ने भन्दै त्यसको नेतृत्व समाजावादीले गर्न चाहेको बताउनुभयो ।

सोही भेलामा बोल्दै केन्द्रीय निर्वाचन आयोगका सदस्य अहमद अब्दुल रउफले एमालेमा बस्न नदिएको कारण विद्रोह गरी नयाँ पार्टी पुर्नगठन गर्नुपरेको बताउनुभयो । एमाले भित्र पछिल्लो समय विचारको अभाव भएको भन्दै कि दास बन कि शत्रु बैरी हौ भन्ने प्रवृत्ति मौलाएको कारण आफुहरु समाजवादी पार्टी गठनमा लाग्नुपरेको नेता रउफले बताउनुभयो । श्रमिक जनताको दरिलो साथले मात्र समाजका विभेद हटाउन सकिने भन्दै सबैलाई पार्टीमा गोलबन्द्ध हुन उहाँले आग्रह गर्नुभयो ।

भेलालाई नेकपा (एकीकृत समाजवादी)का जिल्ला अध्यक्ष लंका बहादुर हमाल, लुम्बिनी प्रदेश कमिटी सदस्य एमडी हसन, जिल्ला उपाध्यक्ष दोय गीता अन्जान, नेत्रलाल खनाल, सचिवालय सदस्य तथा पालिका इन्चार्ज फैजल खाँ, सचिवालय सदस्य सरोज पौडेल लगायतले सम्बोधन गर्दै एकीकृत समाजवादीले ल्याएका राजनीति विचारको बारेमा प्रशिक्षात्मक मन्तव्य राख्नुभएको थियो ।

जिल्ला उप सचिव ओमप्रकाश कुर्मीको सञ्चालनमा भएको भेलामा सबै वडाबाट प्रतिनिधित्व हुने गरी अगुवा कार्यकर्ताको उपस्थिति रहेको थियो । पछिल्लो समय एकीकृत समाजवादी जिल्लाका पालिका भेला गर्न व्यस्त देखिएको छ ।

सम्बन्धित् समाचार